सुदूरपश्चिममा ४ लाखले लगाए कोरोना खोप, तीन लाख बढि दोस्रो दोज लाउन बाँकी

धनगढी, १७ भदौं । सुदूरपश्चिम प्रदेशमा ६ लाख एक हजार पाँच सय १८ जनाले पहिलो दोजको कोरोना विरुद्धको खोप लगाएका छन् । जस मध्ये चार लाख एक हजार ३३ जनाले डबल दोज पुरा गरेका छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार सबैभन्दा बढी कैलालीमा एक लाख ५५ हजार पाँच सय १० जनाले पूर्ण खोप लगाएका छन्। कैलालीमा पहिलो डोज लगाउनेको संख्या भने एक लाख ९५ हजार तीन सय ६१ छ ।

त्यसै गरि कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, डडेल्धुरामा १२ हजार एक सय ६२ र बाजुरामा सात हजार दुई सय १३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।