छोरीलाई अष्टिम्कीको ‘अग्रासन’

धनगढी, १५ गते । थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाइरहेका छन् । व्रतालुहरुले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ ।

यो उपहार विवाहित छोरीचेलीका लागि अति नै महत्वपूर्ण मानिन्छ आजको दिन छोरीहरु माइतीको अग्रासन कुरेर बसेका हुन्छन् । ‘अग्रासन नपाएमा उनीहरु निराश हुन्छन् ।

अग्रासनमा खरिया फूलौरी, हलुवा, गेडागुडी, माछा, फलफूल, भात लगायतका परिकार हुने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बस्ने चलन थारु समुदायमा चलिआएको छ ।