सुदूरपश्चिम स्तरीय राजपत्र अब धनगढीमै छापिने
कैलाली, ८ भदौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्तरीय राजपत्र छाप्ने मेशिन जडान गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफेनै मुद्रण मेशिन जडान गरी राजपत्र छाप्ने काम सुुरु गरेको जानकारी दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी मंगलबार उद्धघाट गरेका हुन् । उनले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताईन् ।
‘राजपत्रहरु केन्द्रबाटै छापिएर आउाने भएकोले काजगपत्रहरु समयमै नआईदिने समस्या झल्दै आएका थियो, अबदेखि यो समस्याको अन्त्य हुने छ ।’ मन्त्रिी जोशीले भनिन् । प्रदेशकोे ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ, अब आफ्नै मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरु छपाई गर्न कुनै समस्या नरहेको बताईन् ।
काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाई गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताउँदै प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहका छन्। प्रदेशमै मेशिन आइसके पछि प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने बताईन् ।
प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने मन्त्री जोशीको विश्वस छ।
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेशिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए। उनका अनुसार उक्त मेशिन २७ लाख ८० हजारमा खरिद गरिएको हो ।













