माओवादी केन्द्र सुदूरपश्चिमको ईञ्चार्जमा खगराज भट्ट

धनगढी, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी इञ्चार्जमा खगराज भट्ट चयन भएका छन् । तत्कालिन माओवादी केन्द्रका सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट नेकपा एमालेबाट नफर्किने भएपछि खगराज भट्टलाई सुदूरपश्चिम ईञ्चार्जको जिम्मेवारी दिईएको हो ।

बिगतमा खगराज भट्टसंग सकारात्मक नरहेका माओवादी अध्यक्ष प्रचण्डलाई माओवादी नेताहरुले कन्भिन्स गरेपछि प्रचण्ड खगराज भट्ट्लाई ईञ्चार्ज बनाउन सहमत भएका हुन् ।