‘प्रा.डा. शान्ता थपलिया सशक्तीकरण सम्मान’ मानव अधिकारकर्मी लिली थापालाई
काठमाडौं १ भदौं । यस वर्षको ‘प्रा.डा. शान्ता थपलिया सशक्तीकरण सम्मान’ मानव अधिकारकर्मी लिली थापालाई प्रदान गरिएको छ ।
महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को स्थापना दिवसको आज आयोजित एक कार्यक्रममा थापालाई यो सम्मान प्रदान गरिएको ल्याकका अध्यक्ष अनिता न्यौपाने थपलियाले जानकारी दिइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (डब्लूएचआर)का संस्थापक अध्यक्ष थापालाई एकल महिलाको अस्तित्व तथा अधिकार र विपतको समयमा समेत महिलाको अधिकार संरक्षण, सम्बर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै ल्याकले यो सम्मान दिएको जनाएको छ ।













