बालिका पढाउ अभियानमा डब्लुएचआरको सहयोग
कैलाली, ३२ साउन । मनाव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर) ले मजदुर एकल महिलाका छोरीहरुलाई स्कुले सामाग्री हस्तान्तरण गरेको छ ।
डब्लुएचआरले छोरी पढाउ अभियान अन्र्तगत विपन्न एकल महिलाहरुको छोरीहरुलाई स्कुल जानबाट कुनै बाधा नहोस् भनि स्कुल व्याग, कपि र पेन उपलब्ध गराएके हो ।
संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक बेद अवस्थीले सुदूरपश्चिमका नौ वटै जिल्लामा विपन्न मजदुर एकल महिलाहरुको छोरीलाई सो समाग्री हस्तान्तरण गर्दै आएको बताए ।

उनले कैलालीमा ११ जना को बालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री पुर्ण जोशीको हातबाट सो सामाग्री दिएको बताईन् ।
मन्त्री जोशीले एकल महिलाका छोरालाई पढ्न सजिलो होस् भनि प्रदेश सरकारले छात्राबृत्ती व्यवस्था ल्याएको जानकारी दिए । उनले स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई प्रदेश सरकारले सहयोग गर्ने अश्वासन समेत दिए ।













