पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

कैलाली, २४ साउन । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ पुगेको छ। ८०२ जनाको सघन उपचार कक्षामा उपचार भइरहेको छ भने १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।