कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित गरेको हो।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जानकारी गराए। उनले भने, “अब परीक्षा गर्नुअघि १५ दिनको समय दिएर सूचना जारी गरिने छ।”
कोरोनाको जोखिम कम नभएको समयमा परीक्षा सञ्चालन गर्न लागेको भन्दै चौतर्फी आलोचना भएको थियो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २२ साउनमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न सिफारिस गरेका थिए। त्यसपछि सीसीएमसीले परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो।













