चिसापानीदेखि गड्डाचौकी सम्मको राजमार्गमा १३८ सिसीटिभी क्यामेरा
कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म १३८ सिसीटिभी क्यामेरा गरेको छ।
आर्थिक वर्ष २०७७र७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएको हो । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसीटिभी क्यामेरामा पिटिजेड (घुम्ने) सात वटा र अन्य १२० क्यामेरा जडान गरिएका छन्।
क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ। सिसीटिभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ वटा स्टेसन राखिएको छ।
मन्त्रालयले सिसीटिभी क्यामेराको प्रयोगलाई प्रभावकारी बनाउन सिसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ अनुसार सञ्चालन र व्यवस्थापनको कार्य हुने बताइएको छ।













