घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम

कैलाली, २२ साउन । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम शुरु भएको छ ।

डि.सि.ए.को सहयोगमा मञ्ले आधार परियोजना अन्र्तगत पारिवारिक पोषण तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै आयआर्जनमा वृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा लिबर्डका परियोजना संयोजक ईन्द्रेश्वर मण्डलले घरबगैचाको आवश्यकता र महत्व, पारिवारिक पोषण, स्वास्थ्य, खाद्यसुरक्षा लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिए ।

तालिममा सुआहार परियोजनाका प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदी, डि.सि.ए.का व्यवसाय तथा बजार प्रवद्र्धन विज्ञ सुर्य रिजाल, दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरे लगायतले सहजीकरण गरेका थिए ।