हेडक्वाटरभित्रै सशस्त्रका जवान मृत फेला

धनगढी, २० साउन । धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन्।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वाटर परिसरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । मृत अवस्थामा फेला परेका डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिष कुमार शाही हुन् ।

कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा उनको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको जनाएके छ ।