थाकस कतार च्यापटर दोहाद्वारा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग

कैलाली, २० साउन । थारु कल्याणकारीणि सभा कतार च्यापटर दोहाबाट घनश्याम चौधरीको नेतृत्वमा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

कैलालीको जोशिपुर १ बरहरियामा कोरोना कहरलाई मध्यनजर गरि जेल जीवन विताईरहेका राजबन्दी परिवारलाई सो टीमले सहयोग गरेको हो । उक्त टिमले राजबन्दीका सात परिवारलाई जनही रु. १४ हजारका दरले राहत प्रदान गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला प्रवक्ता चुनीराम चौधरीले जानकारी दिए ।

उनका अनुसार थारु कल्याणकारीणि सभा कतार च्यापटर दोहाले रेशम चौधरीलाई जेलमै गएर आर्थिक सहयोग गर्ने भएको छ ।

यस्तै वीरबहादुर चौधरीको श्रीमाति रामदैया चौधरी, हरिनरायण चौधरीको आमा सोनिया चौधरी, प्रदीप चौधरी दिदी, श्रवण चौधरीको आमा राजकुमारी चौधरी, संन्त कुमार चौधरी श्रीमति एमुना चौधरी र गंगाराम चौधरीको श्रीमति कृष्णा चौधरीलाई रकम हस्तान्तरण गरिएको हो ।राजबन्दी परिवारलाई आर्थिक सहयोगको लागि थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय समितिले समन्वय गरेको थियो ।