सीमानाकालाई व्यवस्थित गर्न दूई देशबिचको समन्वय हुन जरुरी

धनगढी, १९ साउन । नेपाल र भारतको सीमा नाकालाई व्यस्थित गर्न दूई देशबिचको समन्वय हुन जरुरी रहेको बताईएको छ । नेपाल भारत ओहरदोहर गर्ने नागरिकलाई नाकामा सहज बातावरण बनाउन दुबै देशका सरोकारवालाहरुके ध्यान जान जरुरी रहेको एक कार्यक्रममा बताइएको छ ।

उर्जा नेपालको आयोजनामा सीमानाकामा भईरहेको अमानविय व्यवहारहारलाई रोक्न नेपाल भारतका पत्रकार मानव अधिकारकर्मी र सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी विच चएको अन्तक्रिया कार्यक्रममा यस्तो जिज्ञासा व्यक्त गरिएके थियो ।

मानव अधिकार पत्रकार संघ नेपालका अध्यक्ष घनश्याम खड्काले मानव अधिकार नै सबै भन्दा ठुलो अधिकार भएकाले दाबी गरे । ‘कुनै पनि देशका नागरिक हुनुभन्दा पहिले उ एक नागरिक हो ।’ जुनसुकै काम गर्दा मानवता नभुल्न उनको अनुरोध थियो ।

उनले पछिल्लो समयमा दूई देशबिच भइरहेको समस्यालाई समाधान गर्न दुबैदेशको सम्वन्धीत निकाय विच समन्वय हुन जरुरी रहेको बताए ।

गैसस महासंघ नेपाल सुदूरपश्चिम प्रदेश प्रदेशका इन्चार्ज भवराज रेग्मीले कोरोना कहरपछि सीमानाकामा आवत जावत गर्ने नागरिकलाई निकै समस्या झेल्नुपरेको बताए । उनले सीमानाकामै दैनिक जसो नेपालीहरु लुटिएको घटनाप्रति आपत्ति जनाए । उनले नाका रहेका विचौलियालाई रोक्न दुबैदेशका प्रहरीहरुको भूभिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

उनले दार्चुलाको घट्ना प्रति खोजअनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याईदिन दूईदेशका पत्रकारलाई अनुरोध गरे ।

धनगढी उपमहानगरपालीकाका प्रमुख नृप बहादुर वडले दुबै देशको सम्वन्ध राम्रो बनाउन सकारात्मक सोच बनाउन जरुरी रहेको बताए । सम्वन्ध राम्रो बनाउन एक अर्काको देशसंगको समन्वय जरुरी हुनुसंगै सोचमा पनि परिवर्तन हुन आवश्यक रहेको बताए ।

भारतले नेपाललाई कहिल्यै पनि नराम्रो गर्न नसक्ने भारतीय पक्ष बताउछन् । पहिलो चारणको कारोना महामारीको बेला भारतले नेपाली नागरिकलाई सीमानाकामै व्यवस्थापन गरि राम्रो भूमिका निर्वाह गरेको बताए ।

मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी महाकाली नदीमा खसर बेपत्ता भएको स्थानीयहरुको भनाई झुटो रहेको भारतीय पत्रकारहरुको दाबी थियो । सो घटनाको सत्य तथ्य छानविनकोलागि दुबै देशबिचको समन्वयले सहज हुने बताए ।

अन्तक्रिया कार्यक्रममा भारतीय पत्रकार, नेपालका पत्रकार, जिल्ला प्रहरी कार्यालयका एसपि विश्वराज अधिकारी, नगर प्रमुख, नागरिक समाजका अगुवा र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।