गुरही कार्यक्रमकोलागि आशाको नेतृत्वमा मूल आयोजक समिति गठन
धनगढी, १६ साउन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गुरही पर्व मनाउन आशा चौधरीको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ ।
सखी सञ्जाल कैलालीको आयोजनामा भएको छलफलले थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व मनाउन समिति गठन गरिएको हो ।
यो वर्ष सावन २९ गते गुरही पर्व परेको छ । धनगढीको गुरही चौकमा सामाजिक दूरी कायम गरि स्वास्थ्य मापदण्ड अपनाएर सामूहिक रुपमा गुरही पर्व मनाउने निर्णय भएको छ ।













