सेती अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. शर्मा सम्मानित
धनगढी, १६ साउन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्मालाई सम्मानित भएका छन् ।
बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने शर्मासहित स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड–१९ विशेष सम्मानित गरेको हो।
फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक, सहयोगी र संस्थाहरुलाई सम्मानित गरिएको फाउन्डेशनले जनाएको छ।













