अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा
काठमाडौं, १२ साउन । अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ। अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम९विग आईल्याण्ड मिल्क०लाई नेपालका लागि आधिकारिक बिक्रेता डा।साथी हेल्थ केयर प्रा।लीले नेपालमा आधिकारीक बिक्री–वितरण सुरु गरेको हो।
मिल्क पाउडर जन्मेदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। डा। साथीका सेल्स म्यानेजर रामभक्त थपलियाले कम्पनीले अष्ट्रेलियन ब्राण्डको बिम मिल्क पाउडर नेपाल भित्राएको जानकारी दिए।
‘डा। साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रुपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्राएको छ,’उनले भने, ‘मिल्क पाउडरको आज ९१२ साउन० बाट बजारमा आधिकारिक रुपमा बिक्री–वितरण सुरु भईसकेको छ।’
कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’ ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला फलो अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।
यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्वको रुपमा बच्चाहरुको तीव्र वृद्धि र विकासमा सहयोग र्पुयाउने डा। साथीको भनाइ छ।
डा।साथीले यसअघि गत चैत्रमा अष्ट्रेलियन ब्राण्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्राएको थियो। नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी रहेको थियो। सेल्स म्यानेजर थपलियाले यसअघि ग्राहककको उत्साहका कारण कम्पनीले पहिलो पटक बिम मिल्क पाउडर’ लाई पनि नेपाल भित्राएको बताए।













