आयोगको इजलासले यादव पक्षलाई जसपाको आधिकारिकता दिने फैसला
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने फैसला भएको छ ।
सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरेपछि आयोगको इजलासले यादव पक्षलाई आधिकारिकता दिने फैसला गरेको हो। बहुमत केन्द्रीय सदस्य यादवको पक्षमा भएकाले इजलासले आधिकारिकता दिने फैसला गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा रहेको इजलासले एक सातादेखि सुनुवाइ गरिरहेको थियो। आज जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएर सनाखत गरेको थियो।
अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ।













