भारतबाट ल्याईएका साढे दूई लाख बराबरको अवैध सामान बरामद
धनगढी, १० साउन । प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएका सामान बरामद गरेको छ। कैलाली प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका २ लाख, ७८ हजार २ सय १० बराबरको सामान बरामद गरेको जानकारी दिएको छ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका(९ बंग्राकटानबाट उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका बिभिन्न किसिमका सामानहरुलाई भन्सार ऐन बमोजिम कारबाहीका लागी भन्सार कार्यालय कैलालीलाई बुझाईएको प्रहरीले जनाएको छ।













