निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

कञ्चनपुर, १० साउन । कञ्चनपुरका बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

तीन वर्ष वितिसक्दा पनि वास्तविक दोषी पत्ता नलाग्दा आइतबार निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डबारे अनुसन्धान जारी रहेको जनाएको छ।