‘बलात्कारको घटनामा न्यायनिरुपन गर्ने निकायले सम्बेदनशीलता देखएन’
कैलाली, ७ साउन । टीकापुर नगरपालिकाका १८ वर्षीया बालिका बलात्कृत पछि २०७८ असार ११ गते सेती प्रादेशीक अस्पतालमा बच्चा जन्माईन् । पीडित बालिकालाई ६० वर्षे बृद्धा खेउके दमाईले २०७७ भदौं ३२ गते बलात्कार गर्को जिल्ला प्रहरी कार्यालयको जाहेरीमा उल्लेख छ ।
बालिकाको पेटमा बच्चा हुर्किदै गर्दा परिवारले सोधपुछ गरेपछि बालिकाले घटनाबारे परिवारलाई जानकारी गराईन् । पीडित परिवारले ०७७ चैत ७ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
जिल्ला अदालतले उमेरको हदबन्दी देखाएर २०७८ असारको पहिलो सातामा पीडककै पक्षमा फैसला गरेको पीडित परिवारको भनाईछ । पीडक दमाई एक लाख रुपैयाँ धरौतीमा रिहा भए । तर सरकारी वकिल कार्यालय कैलालीले उच्च अदालतमा पुनरावेदन गरेको छ । कारोनाको कारणले उक्त घटनाको सुनुवाई हुन बाँकी छ ।
गौरीगंगा नगरपालिमा २०७७ जेठ ११ गते ९ वर्षीया बालिकालाई ५० वर्षको बृद्धा बालाराम सुवेदी ले बलात्कार गरे । पीडित बालिका र पीडकको नातिनी संगै खेलिरहेको बेला दिउँसो करिब ३ बजेतिर घरमा कोही नभएको मौकामा बृद्धाले घटना घटाएको परिवारको भनाई छ ।
पीडित बालिकाले पिसाव फेर्न गाह्रो भएपछि मात्रै आमालाई घाउ देखाएकी थिइन् । बालिकाको यौनी सुनिएको देखेपछि पीडितका आमाले कमिलाले टोकेको होला भनेर तेल लगाई दिएकी थिइन् । तर, दोस्रो दिन धेरै दुखेको भन्दै बालिका रोएपछि सोधपुछ गर्दा बालिकाले घटना बारे खोलेकी थिइन् ।
घटनाबारे थहाँ पाएपछि बालिकाका परिवार १४ जेठमा मालाखेति ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटना खुलाशा भएपछि पीडक वृद्धले पीडितको घरमा आएर कति रुपैया चाहिन्छ मिलापत्र गरौं भन्दै बालिकाको परिवारलाई पैसाको लोभ समेत देखाएको पीडित परिवारको आरोप छ ।
जिल्ला अदालतले वृद्धलाई कोरोना महामारीको अवस्था र उमेर हदबन्दी देखाएर १२ दिनभित्रै ५० हजार धरौटीमा रिहा गरिदियो । जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशमा वृद्धा रिहा भएका हुन् ।
बालिकाका आफन्तले उमेर हदबन्दी लागेपनि छोटो समयमै थोरै जरीवानामा रिहा भएको भन्दै असन्तुष्टी जनाउदै आएका छन्। पीडितका आफन्तले अपराधीलाई प्रशासनले नै संरक्षण दिएको आरोप लगाईरहेका छन् ।
घटनाको प्रकृति अर्थात बालिकाको शारीरिक परीक्षण प्रतिवेदनमा यौनीमा यौनजन्य पदार्थ थुप्रिएको र च्यातिएको भन्ने उल्लेख छ । स्वास्थ्य प्रतिवेदनले उनको यौनीमा चोट लागेको प्रमाणित गरेपनि अदालतको मिसिलमा भने पर्याप्त प्रमाण नदेखिएको भन्दै पीडकलाई धरौटीमा २७ जेठ २०७७ मा रिहा गर्न आदेश दियो ।
बलात्कार आरोपीत वृद्धलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको भन्दै ५० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडिएको अदालतले जनाएको छ ।
यस्तै कैलालीको कैलारी गाउँपालिका वडा नं. २ का २९ वर्षीय दीपेन्द्र चौधरी (कुश्मी) लाई अभियोग दाबी नपुगेको भन्दै जिल्ला अदालतले १६ मंसीरमा सफाई दियो ।
३२ जेठ २०७७ मा युवकले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। अत्यधिक रक्तस्राव भएर बेहोस भएकी बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएपछि मात्र घटना सार्वजनिक भएको थियो। त्यसपछि मात्रै युवक ११ असारमा प्रकाउ परेका थिए।
त्यसअघि पीडक पक्षले रकम दिएर मिलाउने प्रयास गर्दै घटना सार्वजनिक गरे ज्यान लिने धम्कीसमेत दिंदै आएको आफन्तले बताएका थिए। पीडितका आफन्तका अनुसार आरोपित युवालाई पुर्पक्षका लागि कारागार चलानपश्चात पनि पीडक परिवारले पटकपटक रुपैयाँमा मिल्न धम्की दिएको थियो। पीडित बालिकाले समेत अदालतमा दीपेन्द्रले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको र घटनाबारे कसैलाई बताए हत्या गरिदिने धम्की दिएको बयान दिएकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालय कैलालीका प्रमुख राजेन्द्रसिंह भण्डारीले पीडित बालिका अदालतमा उपस्थित भएर जाहेरीमा लेखिए अनुसारको नै घटनाबारे बयान दिएको बताएका थिए । ‘बालिकाको बयानअनुसार निर्णय आएको छैन। न्यायाधीशले पीडकलाई कसरी सफाई दिए थाहा भएन, हामी उच्च अदालत दिपाइलमा पुनरावेदन गरिसकेका छौं।’ कोरोनाको कारण बहस हुन ढिलाई भएको जिल्ला सरकारी वकिल कार्यालयको भनाई छ ।
यस्तै गोदाबरी नगरपालिका ५ का बालिका मानसिकरुपले अलि सुस्त छिन् । उनको महिनावारी रोकिएको खबर परिवारले माघको दोस्रो सातामा थहाँ पाएका थिए । बालिकालाई महिनावारी हुन थालेको धेरै समयपनि भएको थिएन्। उमेरले उनी १३ वर्षको मात्रै भएपनि ज्यान भने ठूलो देखिन्छ ।
पीडित बालिकाको आमाका अनुसार छोरीको महिनावारी रोकिएको थहा पाएपछि चेकजाँचको लागि नजिकैको स्वास्थ्य चौकी गयों, परिक्षण गर्दा पेटमा तीन महिनाको बच्चा देखियो ।
उनको मामा घरतिरका हजुरबुवाले आफ्नो घर बोलाएर अश्लिल भिडियो देखाउदै पैसा दिने प्रलोभनमा पारी बलात्कार गरेका थिए ।
डाक्टरले बालिकालाई डेलिभरीको लागि भदौको पहिलो साता समय दिएको छ । ‘छोरीलाई धनगढी ल्याए, एक अस्पतालमा गर्भ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो।’ माघ दोस्रो साता गरिएको परीक्षणमा बालिकाको पेटमा बच्चा रहेको पुस्टि भएको थियो। त्यसपछि उनीहरुले छोरीसँग सोधपुछ गरे ।
बालिकाले हजुरबुवाले बलात्कार गरेको कुरा आमासंग सुनाईन् । बालिकाले आफूमाथि दुरव्यवहार गर्ने व्यक्ति ५० वर्षका विशराम भनिने कालुराम चौधरी रहेको बताईन् । कालुले घरमा भनेपछि मारिदिने धम्की समेत दिएको कुरा बालिकाले सुनाईन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पीडित परिवारको उजुरी पश्चात माघ ९ गते उक्त वृद्धालाई पक्राउ पर्यो । वृद्धको मुद्धा जिल्ला अदालतमा चलिरहेको छ । अहिले पीडक डिएनए परिक्षणको माग गरिरहेको पीडित परिवारको भनाईछ ।
बालिकको आमा भन्छिन् ‘हामी मजदुरी गरेर दैनिकी जोहो गर्ने परिवार हौं, डिएनए परिक्षणको लागि ४/५ लाख रुपैयाँ खर्च आउँछ भन्ने सुनेकाछौं । प्रमाण जुटाउनलाई हामीसंगा त्यति धेरै पैसा छैन ।’
‘अदालतले एक पटक हामीसंग बयान लियो, त्यसपछि कुनै सुनुवाई भएको छैन, बुझ्न जाँदा कोरोको कारण देखाई दिन्छन् ।’ अहिले पीडकका परिवारले २२ लाख रुपैयाँ दिएर नयाँ जन्मिने बच्चा माग गरिरहेका छन् । अदालतले मुद्धा छिट्टै फैसला गरिदियोस् भन्ने पीडित परिवारको माग छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको एक वर्षको तथ्यांकमा जवरजस्ती करण २१२, जवरजस्ती करण उद्योग ८२, जवरजस्ती करण कर्तव्य ज्यान ३, अपहरण र बन्धक बनाई जवरजस्ती करण गरेको १० र बालयौन दुरुपयोग १६ जना गरि ३२३ वटा मुद्धा दर्ता भएको छ ।
महिला अधिकारकर्मी गोमा आर्चायले पछिल्लो दूई वर्ष यता बलात्कारको घटनामा पीडितले न्याय नपाएको बताईन् । उनका अनुसार अनुसन्धान गर्ने निकाय, न्यायनिरुपन गर्ने निकाय नै सम्बेदनशीत हुन सकेनन् ।
‘न्यायधिससंग बलात्कारको मुद्धामा कुरा गर्न खोज्दा उहाँले सम्बेदनशीलता हराएको जस्तो कुरा गर्नुहुन्छ । एकदमै हचुवाको भरमा कुरा राख्छन् । उनीहरुको भनाईमा “पहिला मिलोमतोमा सम्बन्ध राख्ने अनि पछि केही कुरा नमिलेपछि बलात्कार भयो भन्दै मुद्धा दर्ता हुन्छ” हरे बाबा ! ९ वर्षको बालिकाले कसरी मिलोमतोमा सम्बन्ध राख्छ ।’
अर्चायका अनुसार न्यायक निकाय नै सम्बेदनशील हुनु नसक्नु, होस्टाईल भएको मुद्धाको कारण खोजनीति गर्न नसक्नु को कारणलेपनि पीडककै पक्षमा बढि जस्तो फैसला भईरहेकोले धेरै पीडित न्याय पाउनबाट बञ्चित भईरहेका छन् ।
जिल्ला अदालत कैलालीमामा २०७७ साउन १ देखि २०७८ असार २८ गते सम्म जबरजस्ती करणीको १९८ वटा मुद्धा फैसला भएको छ भने ५५ वटा मुद्धा विचारधिनमा रहेको जनाईको छ ।













