राखेपका कार्यवाहक सदस्य सचिव यकेन्द्र कुँवरलाई सम्मान

काठमाडौं, ७ साउन । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएको भन्दै राष्ट्रिय खेलकुद महासङ्घले यकेन्द्र कुँवरलाई सम्मान गरेको छ ।

खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेल, सदस्य कृष्णप्रसाद सिग्देललगायतको टोलीले खादा र फूलमाला लगाई कुँवरकै कार्यकक्षमा सम्मान गरेका हुन् ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल ‘सेभ द मिसन’को रुपमा टोकियो ओलम्पिकमा गएपछि यकेन्द्रले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

सुदुरपश्चिम प्रदेशबाट राखेपको बोर्डमा प्रतिनिधित्व गरेका यकेन्द्रलाई तत्कालिन खेलकुद मन्त्री दावा तामाङले राखेपको कार्यकारी समिति सदस्य बनाएका थिए ।