लागुऔषधसहित दूई जना पक्राउ
कैलाली, ६ साउन । कैलालीमा लागुऔषधसहित दूई युवक पक्राउ परेका छन्।
मंगलबार भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरिएको हो।
उनको साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
त्यसै गरी मंगलबार साँझ धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट कञ्चनपुरको पुर्नसवास नगरपालिका–११ का २२ वर्षीय केसर राईलाई पक्राउ गरिएको हो।
उनको साथबाट लागुऔषधि नाइट्राभेट–३० ट्याब्लेट र स्पास–१६ ट्याब्लेट फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका चमार र राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।













