कोभिड प्रभावितहरुलाई पोषण स्वास्थ्य सामाग्री

हसुलिया, ५ साउन । दलित महिला अधिकार मञ्च नेपालले कैलारी गाउँपालिकाका कोभिड प्रभावितहरुका लागि पोषण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

डि.सी.ए.को सहयोगमा दलित महिला अधिकार मञ्च नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत अति बिपन्न कोभिड प्रभावितहरुको पोषण तथा स्वास्थ्यमा सुधारका साथै कोभिड जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्घेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामाग्री संस्थाका कर्मचारी राजेन्द्र रैकाले कैलारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवालाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरी, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र जोशी, सामाजिक शाखा प्रमुख यगम कलेल र स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सापकोटा, दलित महिला अधिकार मञ्च नेपालका जनक भूल, भीष्म चौधरी लगायतको सहभागीता थियो ।

पोषण स्वास्थ सामाग्रीहरुमा पल्सअक्सोमिटर ५० पिस, थर्मामिटर ५० पिस, टिस्युपेपर ५० पिस, सेनिटरी प्याड १७ प्याकेट, सेनिटाईजर ५० पिस, टर्चलाईट ५० पिस, ग्लोब्स ४५ पिस, हर्लिक्स ५० पिस, काजु ५०पिस, राजमा ५० किलो, च्यवनप्रास ५० किलो, आलमोण्ड ५० प्याकेट, चिकेन सुप ५० प्याकेट रहेको छ ।