सरकार फेरि, शासकहरुको बानी फेरिएन

कसैले बेचे टनकपुर कसैले सुस्ता र कालापानी
सरकार फेरिएपनी फेरिएन शासकहरुको बानी

हटाएर राजतन्त्र ल्याएकै हो जनताले लोकतन्त्र
तैपनि लागेन केही लछारपाटो फालेर राजारानी

कुरा मात्रै गर्छन ठुलाठुला मेट्रोरेल पानीजहाजको
अलपत्रै छन हाम्रा निधी ग्यास पेट्रोल सुन खानी

उपचारको बहानामा देश बिदेश सयर गर्छन नेता
औषधी अभाब छाइरहन्छ सधै देशका कुनाकानी

सबिधान जलाउनेनै सरकारमा जान्छन पद पाए
तिनै छोटे राजा महाराजाकै चलेको छ मनोमानी

साच्चै परिवर्तन तिनैलाइ पो आएको छ मुलुकमा
बडो ऐसआरामले बितिरहेको छ तिन्कै जिन्दगानी

न आफु गर्छन न दिन्छन अर्कोलाइ खुरापातिहरु
केही गर्न अगाडी बढ्नेलाइपनि पछार्छन खुट्टै तानी

हिजोका स्याल र बिराला सत्तासिन शेर भएपछी
राज गर्दैछन मुलुकलाइ आफ्नै बाउको बिर्ता ठानी

नाताबाद कृपाबाद जताततै हाबी भैरहेको छ दिनहु
कर्मचारी राजदुत नियुक्ती गर्छन आफ्नै छानीछानी