गाउँपालिकाको विकासमा प्रत्यक्ष सहयोग पुर्याए वाफत दलित महिला अधिकार मञ्च सम्मानित
कैलाली, २९ असार । कैलारी गाउँपालिकाको विकासमा प्रत्यक्ष सहयोग गरि विशिष्ट योगदान पुर्याए वाफत गाउँपालिकाले दलित महिला अधिकार मञ्च नेपाललाई सम्मान गरेको छ ।
सोमबार आयोजित कैलारी गाउँपालिकाको आठौ वार्षिक सार्वजनिक सुनुवाई तथा आ.व. २०७८०८९ को नीति, वजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्याक्रममा सो संस्था सम्मानित भएको हो ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले दलित महिला अधिकार मञ्च नेपालका राजेन्द्र रैकालाई सम्मान पत्र प्रदान गरेका थिए ।

मञ्चले कैलारी गाउँपालिकाको विभिन्न वडाहरुमा महिलाको न्याय र सेवासुविधामा पहुँच, महिला सशक्तीकरण, जिविकोपार्जन, कृषि, स्वास्थ तथा सरसफाइ , खानेपानी, खाद्य तथा पोषण लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।













