एक सय ७१ जना गर्भवतीलाई पोषण खाद्य सामग्री
हसुलिया, २७ असार । कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयम् सेविका, गर्भवती र सुत्केरीलाई पोषणसहित विभिन्न सामग्री दिइएको छ ।
डीसीएको सहयोगमा दलित महिला अधिकार मञ्चद्वारा सञ्चालित आधार परियोजना अन्तर्गत सो सामग्री सहयोग गरिएको हो । मञ्चले कैलारी गाउँपालिकाका ७१ र गौरीगंगा नगरपालिकाका १०० गरी जम्मा १७१ जना सामाग्री दिइएको अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिईन् ।
कैलारी गाउँपालिका वडा नम्बर ५ का १९ जना महिला स्वास्थ्य स्वयम् सेविका, १२ जना सुत्केरी, गर्भवतीलाई सरसफाइ तथा पोषण सामग्री सहयोग गरिएको छ । यसैगरी, वडा नम्बर २ का १२ जना सुत्केरी, गर्भवती र १२ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सहयोग गरिएको मञ्चमार्फत सञ्चालित हेल्थ डेस्कमा कार्यरत भीष्म चौधरीले जानकारी दिए ।
अति विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हर्लिक्स १७१ पिस,चना १७१ किलो,आलमोण्ड १७१ किलो,स्याम्पु १७१ पिस, थर्मोमिटर १७१ पिस, सेनिटाईजर ५०० एमएलको १७१ पिस, सुजी १७१ किलो,राजमा १७१ किलो,सोयाबिन १७१ प्याकेट, अरहर दाल १७१ किलो, क्यालेण्डर ३४२ पिस, पौष्टीक आहार सम्वन्धी १७१ पिस सचेतना पोष्टर दिएको हो ।
त्यसैगरी संस्थाले कैलारी गाउँपालिकाका ७४ जना र गौरीगंगा नगरपालिकाका ३२ जना गरि जम्मा १०६ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि सेनिटाईजर १०६ पिस,माक्स १०६ प्याकेट,ग्लोब्स १०६ प्याकेट,थर्मलगन १०६ प्याकेट,सेनिटरी प्याड १०६ प्याकेट,टर्चलाईट १०६ पिस, क्यालेण्डर २१२ पिस, पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १०६ पिस स्वास्थ्य र सरसफाई सामाग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
दलित महिला अधिकार मञ्च नेपालले यसअघि पनि कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा कोभिड जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विभिन्न वडाहरुम हेण्डवास स्टेशन र आईसोलेशन सेन्टरहरुमा विभिन्न कोभिड स्वाथ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको थियो ।













