सगोलद्वारा कैलारी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री सहयोग

हसुलिया, २५ असार । सगोल कास्कीले कैलालीको कैलारी गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री सहयोग गरेको छ ।

प्राकृतिक विपद्को क्रममा खोज उद्धारमा सहयोग पुग्ने विश्वासका साथ सो संस्थाले गाउँपालिकालाई विपद् प्रतिकार्य सामग्री सहयोग गरेको हो । आज उक्त संस्थाका प्रतिनिधि रामसमझ चौधरीले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई सामग्री हस्तान्तरण गरेका छन् ।

सगोलले लाइफ ब्वाइ रिङ आठ ओटा, लाइफ ज्याकेट १४ वटा, सेफ्टी हेल्मेट १५ थान, लेडर पञ्जा १५ थान र १०० मिटर डोरी सहयोग गरेको गाउँपालिकामा कार्यरत कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए । कैलारी गाउँपालिकाको केही क्षेत्र बाढी डुबान समस्याको सामना गर्दै आएको छ ।