थारु महिला उत्थान केन्द्रले विभिन्न कार्यक्रम गरि ३१औँ जन्मोत्सव मनाइयो
बर्दिया, २४ असार । थारु महिला उत्थान केन्द्रको ३१ औँ बार्षिक जन्मोत्सबको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
केन्द्रको कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले थारु संस्थाको इतिहास तथा बिगतमा गरेका क्रियाकलाप र संस्थागत बिकासको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेका थिए ।

संस्थाका कर्मचारी कार्यसमिति सदस्य तथा पदाधिकारीहरु मिलेर अफिस वरिपरि बृक्षारोपना तथा सरसफाई कार्यक्रम पनि गरेको थारुले जानकारी दिईन् । उनले संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई निबन्ध प्रतियोगितामा सहभागी गराई उनीहरुको लेखन शैलीको अभ्यास हुने कार्यक्रम गरेको थियो ।
प्रिज्मा सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष लिलावती थारु कार्य समितिका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कर्मचारी राजकुमारी चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।













