पारिवारिक मनमुतावको कारण तीन वर्षीय नाबालकको हत्या
कैलाली, २४ असार । टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का साढे तीन वर्षीय नाबालकलाई उनकै दिदी नाता पर्ने १५ वर्षीया बालिकाहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलालीको टीकापुर नगरपालिका– १, ब्लक नम्बर ८ का साढे तीन वर्षीय बालकको हत्यामा दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्ना रहेको प्रहरीले जनाएको छ। १४ वर्षकी साथीसहित हत्यामा संलग्न भएको ती किशोरीले स्वीकार गरेको प्रहरीको भनाइ छ।
अनुसन्धानको क्रममा दिदी नाता पर्नेले बालकलाई पारिवारिक मनमुतावको कारण मार्ने योजना बनाई जामुन खाने निहुँमा बालकको हत्या गरेको प्रहरीसमक्ष बयान दिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
हत्यामा संलग्न ती किशोरीले बालकको चाँदीको बाला निकालेको र त्यसबाट कसैले चाँदीको बालाको लागि बालकको हत्या गरेको भ्रम सिर्जना गराउन खोजेको खुलेको प्रहरीले जनाएको छ।

हत्यापछि आफू घरबाट उत्तरतर्फ गएको भ्रम सिर्जना गर्न साथीको घरमा गई किताब लगेको पाइएको अनुसन्धानबाट खुलेको छ। बाला आफ्नो साथमा रहे थाहा हुन सक्ने भएकाले साथीलाई राख्न दिई बालकको हत्यापछि साथीसँग बजार गएर बाला बेच्ने प्रयाससमेत गरको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई बालिकालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
थप अनुसन्धानका लागि बालकलाई घरबाट लिएर जाने लम्की चुहाँ नगरपालिका वडा नम्बर ६ घर भई हाल टिकापुर १ बल्क नम्बर ५ मा डेरा गरी बस्ने बाला बरामद भएकी १४ वर्षीया बालिकालाई समेत नियन्त्रणमा लिएको अधिकारीले बताए। उनले उमेर कम भएका कारण दुवै बालिकाको नाम र तस्बिर सार्वजनिक गरिएको छैन।
प्रहरीले बुधबार टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव फेला पारेको थियो। तीन दिनअघि बेपत्ता भएका टीकापुर नगरपालिका– १ का दिलिपकुमार विष्टका साढे ३ वर्षीय छोरा विवेक विष्टको बुधबार शव फेला परेको थियो। सोमबार बिहान दिदी नाता पर्ने छिमेकी १५ वर्षीया किशोरीसँग जामुन खान भनेर गएका बालक बेपत्ता भएका थिए।













