सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन पत्रकारहरुको क्षमता अभिबृद्ध गर्नुपर्छ : कानून मन्त्री

कैलाली, २३ असार । आर्थिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले सुदूरपश्चिम प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन पत्रकारहरुको क्षमता अभिबृद्ध गर्नुपर्ने बताए ।

क्रियाशील पत्रकार महिला डब्लूडब्लूजे कैलालीको टीमसंग कुराकानी गर्दै मन्त्री जोशीले प्रदेश सरकारले आम सञ्चार नीति ल्याई प्रदेशमा रहेका पत्रकारहरुको क्षमता अभिबृद्ध गर्न उनीहरुको रुचिको विषयमा (बिड) अनुसारको तालिमको व्यवस्था गर्ने बताए ।

सरकारले पत्रकार जगतलाई चौथो अंगको रुपमा लिईसकेपछि उनीहरुलाई व्यवस्थित गर्ने नीति पनि ल्याउनुपर्नेमा जोड दिदै अबको आर्थिक वर्ष भित्रै सञ्चार क्षेत्रको विज्ञसंग छलफल गरि काम अगाडी बढाउने अश्वास दिए ।

उनले सुदूरपश्चिम प्रदेशको सवालमा निरन्तर कलम चलाउने पत्रकारहरुलाई थप हौसला प्रर्दान गर्न प्रदेश सरकारले सम्मान तथा पुरस्कृत गर्ने योजना समेत बनाईरहेको बताईन् ।

सुदूरपश्चिम प्रदेशको प्रवक्ता समेत रहेका मन्त्री जोशीले विपतमा रहेकालाई छिटो छरिटोरुपले उद्धार गर्न अक्सिजन सहितको अत्याधुनिक खालको दूईवटा एम्बुलेसनको खरिद प्रक्रिया अगाडी बढाएको बताईन् ।

‘अहिले सम्मको ट्रेन हेर्दा विपद् तथा जोखिममा परेकालाई उद्धारकोलागि हेलिकप्टरको भर पर्नुपर्छ । हेलिकप्टर महंगोसंगै तत्काल चाहिएको बेला उपलब्ध गराउन गाह्रो हुन्छ । जुन कारण प्रदेश सरकारले एम्बुलेन्सको अवधारणा ल्याएको हो ।’

मन्त्री जोशी कानून मन्त्रीको जिम्मेवारीे पश्चात कैलाली र कञ्चनपुरका कारागारको अनुगमन गरि कैदीहरुका आन्तरिक बसाई व्यवस्थित गर्न र उनीहरुलाई सीपमूलक बनाउन दुबै जिल्लामा १०÷१० लाख रुपैया निकास गरि काम शुरु गर्न निर्देशन दिएको बताईन् ।