थारु महिला उत्थान केन्द्रद्वारा ४० लाखको स्वास्थ्य सामाग्री सहयोग
बर्दिया, २२ असार । कोरोना संक्रमण र सम्भाबित लहरहरुको जोखिमलाई मध्य नजर गर्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि थारु महिला उत्थान केन्द्रले बर्दियाका पालिकालाई ४० लाख बढि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
प्लानइन्टर नेश्नल नेपालको आर्थिक सहयोग सो संस्थाले जिल्ला कोभिड –१९ संकट ब्यबस्थापन केन्द्रको समन्वयमा पालिकाहरुलाई ४० लाख ४ हजार ६ सय ८१ रुपैँया बराबरको सामाग्री सहयोग गरेको हो ।
गुलरिया, बाराबर्दिया, बासगढी, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका, गेरुवा र बढैयाताल गाँउ पालिका र जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिन्डर, बेड, मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको थारु महिला उत्थान केन्द्रको अध्यक्ष प्रिज्मा थारुले जानकारी दिईन् ।













