एकल महिलाद्वारा सामुहिक बेसार खेती

कैलाली, २१ असार । जिल्लामा रहेका एकल महिलाहरूले धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सामूहिक बेसार खेतीको सुरुवाट गरेका छन् । मानव अधिकार महिला एकल महिला कैलालीले एकल महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि कार्यमा संलग्न गराउने उदेश्यले यस्तो योजना ल्याएको हो ।

मानव अधिकार महिला एकल महिलाका सुदूरपश्चिम प्रदेश संयोजक वेद अवस्थीका अनुसार एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण नै फरक भएकोले उनीहरु अरु महिलाहरु सरह समानित जीवन जिउन गाह्रो भईरहेको बताउँदै कैलाली जिल्ला भरिका एकल महिलाहरुलाई संगठित गरि आर्थिक सशक्तिकरणका कार्यक्रमहरुलाई जोड दिदै आईरहेको बताए ।

कोभिडको कारण अन्य काम गर्न असहज भईरहेकोले स्थाानीय सरकारको सहयोगमा एकल महिलालाई आर्थिकरुपले बलियो बनाउन धनगढी नगरपालिका वडा नं. २ मा २ विघा जमिन लिजमा लिएर बेसान खेतिको शुरुवाट गरेको अवस्थीले जानकारी दिईन् ।

उनले भनिन् ‘पहिलो चरणमा एक वर्षको ४० हजारमा एग्रिमेन्ट गरेका छौं, हाम्रो उदेश्य बेसार उद्योग सञ्चालन गर्ने हो । यदि यो वर्ष सफल भयो भने लामो समयसम्मकोलागि अलि बढि जग्गा लिजमा लिने सोचेका छौं ।’

मानव अधिकार महिला एकल महिला कैलालीको ११ जना कार्या समिति र धनगढी नगरपालिका वडा नं. वडा नं. २ मा सक्रिय सदस्य ३० जना मिलेर वडाकै बजेट बेसार खेतिको लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर सो बजेट निकासा गर्न कागजीरुपमा एकदमै झन्झटिलो भएको संयोजक अवस्थीले बताईन् ।

उनले खेती शुरुवाट गर्न प्रतिव्यक्ति दिनको ७ सय रुपैयामा ३० जनालाई लेबर लगाएको बताए । बाँकी समुहका सबै सदस्यले श्रमदान गरे । तर नगरपालिकाको नियम अनुसार ज्याला भनेर प्रति व्यक्ति दैनिक ४७५ रुपैयाँ मात्रै तोकिएकोले कागजी हिसाब किताव नमिलेको भन्दै पैसा निकासा हुन ढिलाई भईरहेको अवस्थीले सुनाईन् ।
उनले भनिन् ‘सरकारी बजेटबाट काम गर्न निकै गाह्रो हुदोरहेछ । सरकारी नियम एका तिर, व्यवहारिकता अर्कै हुन्छ । जुन कारण काम सम्पन्न भईसकेपनि निकासाको लागि एकदमै झन्झट हुन्छ ।’

सो संस्थाले गत वर्ष पनि नगर पालिका र जेटिजेट संस्थाको आर्थिक सहयोगमा १६ लाख रुपैयाँ बराबरको सेनिटरी प्याड बनाउने मेसिन खरिद गरि उद्योग सञ्चालन गरेका थिए । तर कोभिडको कारण कच्चा पदार्थ बाहिरी देशबाट आउने भएकोले उक्त उद्योग परिक्षणकालमै बन्द गर्नुपर्ने बाध्यता भएको अवस्थीले बताईन ।

संस्थामा २५ देखिमा ५० वर्ष सम्मका उमेर समुहका एकल महिलाहरु आवद्ध छन् । उनीहरुलाई आर्थिकरुपले सशक्तिकरण गर्न कृषि नै उत्तम उपाइ रहेको निषकर्ष निकालिएपछि बेसार खेति तर्फ हात हालेको अवस्थीले बताईन् ।

‘यो खेति कैहिलै पुरानो हुदैन, मेहनत पनि कम लाग्छ । बाह्रै महिना बजार पाउन सकिन्छ’ यदि संस्थाले उद्योग नै सञ्चालन गर्न सक्यो भने धेरै एकल महिलाहरु रोजगारी पाउँन सकिने संकलप बोकेको अवस्थी बताईन ।

नेपालीहरुको खानामा बेसार अनिवार्य हुन्छ । बेसारलाई औषधीय गुण भएको पनि मानिन्छ तर वेसारमा नेपाल आत्मनिर्भर छैन।

बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।

कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा करिब ४–५ हजार हेक्टरमा जमिनमा वेसार खेति हुन्छ, जुन कारण किसानहरुलाई भने किन्नु पर्दैन । मसला प्रर्वद्धन, ठूला ठूला होटेल, पार्टी प्याले, सुरक्षा निकाय लगायतको भान्छामा भने भारतबाटै आयत गरिएको वेसार प्रयोग भईरहेको कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए ।

उनले भने नेपालमा लगभग २० प्रतिशत नेपालीहरु मात्रै नेपालमा उत्पादन भएको वेसर प्रयोग गर्छन्, बाँकी ८० प्रतिशत भारतबाटै आयत हुन्छ । सुदूरपश्चिममा मात्रै प्रत्येक वर्ष डेढ करोड बराबरको वेसार भारतबाट आयत हुने गरेको छ ।