धनगढी नगरपालिकाद्वारा निशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना
कैलाली, २० असार । धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडा नं. ८ मा निशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना भएको छ ।
कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढिरहेको साथै शारीरिक व्यायम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोलाई नगरपालिकाले निशुल्करुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बाताईन् ।
उनले आईतबार केन्द्रको अनुगमन गर्दै व्यायम केन्द्रलाई लैंगिक मैत्रि बनाउन यहाँ उपलब्ध फिटनेस सामाग्रीमा महिलाहरुको छुट्टै नेमप्लेट टाँस्न वडा अध्यक्ष नरायण बराललाई निर्देशन दिए ।

उनले सार्वजनिक स्थलमा महिलाहरुको लागि छुट्टै नेमप्लेट नटाँसे सम्म महिलाहरु आउन अप्थ्यारो मान्ने भएको नगरपालिकाले फिटनेस सामाग्रीमा महिला र पुरुष भनेर नेमप्लेट टाँस्न अनिवार्य रहेको बताए ।
व्यायम केन्द्रमा योग अभ्यासको लागि योगहलको पनि व्यवस्था गरिएको छ । व्याय केन्द्र सोमबार उद्घाटन हुने उप प्रमुख मिश्र भट्टले जानकारी दिईन् ।













