विवाह गर्ने आश्वासन दिदै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक यूवा पक्राउ

बर्दिया, १९ असार । गुलरिया नगरपालिका–६ शान्ति टोल बस्ने १९ वर्षीय सोनु रैदाश १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

रैदाशले ती बालिकालाई विवाह आश्वासन दिदै ललाई फकाई आफ्नै कोठामा २ दिन सम्म राखी जबरजस्ती करणी गरेको अभियोग छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । प्रहरीले थप आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।