शिक्षकलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग राख्दै नगरपालिमा धर्ना
धनगढी, १८ असार । कैलालीको गोदावरी नगरपालिकाका शिक्षकहरु कोभिड भ्याक्सिनको माग राख्दै कार्यालयमा धर्ना दिएका छन । शुक्रबार नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिको आयोजनामा शिक्षकहरु दूई घण्टा धर्ना बसेका हुन ।
शिक्षकहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै नगरपालिका कार्यालय अगाडी २ घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिका अध्यक्ष शिवराज जोशीले बताए । उनले देशव्यापि धर्ना दिने कार्यक्रम अन्तरगत गोदावरी नगरपालिकामा बिहान १० बजे देखि १२ बजे सम्म धर्ना दिईएको बताए ।
शिक्षकहरुले कोरोना खोप संगै सामुदायिक विद्यायमा कार्यरत सबै शिक्षकहरुलाई समान सुविधा दिनु पर्ने, शिक्षकहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने लगायतका माग राखेका छन ।













