कैलाली कारागारको अवस्था एकदमै नाजुक छ : कानून मन्त्री जोशी

धननगढी, १६ असार । कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएका छन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्यभएको बताईन् ।

कैलाली कारागारमा शुद्ध खानेपानी र गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको बताइन् ।

जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको बताउँदै मन्त्री जोशीले भनिन् कैदीबन्दीलाई सिपमुलक तालिममा संलग्न गराउने र कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी भएको छ ।

आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गरि तत्काल ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचनाको सुधार गर्न तर्फ लाग्ने बताईन् ।

जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन ।