भलमन्सा प्रथालाई कानुनी मान्यता दिने गाउँपालिकाको नीतिमा समावेश
कैलाली, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको भलमन्सा प्रथालाई कानुनी मान्यता दिने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
यहि असार १० गते भएको गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भलमन्सा प्रथाको कानुनी व्यवस्थापनका साथै उनीहरुको क्षमता अभिवृद्धि, तालिम र सेवा सुविधा उपलब्ध गराइने बताए ।
गाउँपालिकाले थारू कला, साहित्य र संस्कृतिको पहिचान, सम्बद्र्धन र संरक्षण गर्ने थारू समुदायको प्राचित भलमन्सा प्रथाको जगेर्ना गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गाउँपालिकाले स्थानीय तथा मातृभाषा पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्ने, स्थानीय मातृभाषा शिक्षको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।













