कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सत्ति पुल भासियो

धनगढी, १२ असार । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमामा रहेको कर्णाली नदीको सत्ति पुल भासिएको छ । कर्णाली नदीमा पानी बढेपछि पुल भासिएको हो ।

पुलको पूर्वतर्फको भाग भासिएको इलाका प्रहरी कार्यालय सत्तिका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार नदीले पूर्वतर्फको भाग काट्न थालेको छ ।

पुलमा आवागमन बन्द गरिएको छ । पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधिभन्दा झण्डै नौ महिनाअगाडि निर्माण सम्पन्न गरेको थियो ।