नेता डा. आरजुको पहलमा गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार

धनगढी, १२ असार । कैलालीका गर्भवती तथा सुत्केरी लगायत अति विपन्न महिलालाई नेपाली काँग्रेसका नेता डा. आरजु देउवाले पौष्टिक आहार वितरण गरेका छन् ।

उनले धनगढी उप–महानगरपालिकाको १९ वटै वडा र कैलारी गाउँपालिकाको दुई वडाका गर्भवती तथा सुत्केरी र अति विपन्न महिलालाई सो खाद्य सामाग्री बितरण गरिएका हुन् ।

नेता देउवाले ६ सय जनालाई खाद्य सामाग्री बितरण गरिने अभियान थालेको बताइन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका अध्यक्ष तपेन्द्र भूषालका अनुसार धनगढी उप–महानगरपालिकाको वडा नम्बर १,५,६,११,१४,१६,१८,१९ र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ का २ सय ७५ जनालाई खाद्य सामग्री बितरण गरिएको हो ।

उनले प्रति महिलालाई चामल २५ किलो, सोयाबिन २ पोका, मास्क १० पिस, आलु ५ किलो, दाल २ किलो, चना १ किलो, अण्डा एक क्रेट, साबुन २ पिस, चिनी १, नुन एक÷एक किलो र तेल एक पोकाका दरले बितरण गरेको बताए । पहिलो चरणमा २१ वडामा बितरण गरेका छौ उनले भने, ‘अभियान निरन्तर जारी रहन्छ ।’

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका कोषाध्यक्ष डण्डीराज सुवेदीले कोभिड–१९ दोश्रो लहरमा अक्सिजन र स्वास्थ्य सामाग्रीको अभावमा अकालमा कसैको ज्यान नजाओस् भनेर कैलाली क्षेत्र नम्बर ६ का सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्टेटर र स्वास्थ्य सामाग्री बितरण गरेको बताए । धनगढी उप–महानगरपालिकाले सञ्चाल गर्न सञ्चालन गरेको अक्सिजन प्लान्ट निर्माण अभियानमा डा। आरजु राणा देउवाले १० लाख रुपैया नगद सहयोग गरेको उनले बताए ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिनय लामाले डा। राणाको निर्देशनमा कैलालीमा सञ्चालन गरेको एक महिने रक्तदान अभियान अन्तर्गत ३ सय ५० प्रिन्ट रगत संकलन भएको बताए ।