गोदावरी नगरपालिकाको बजेट रु. १ अर्ब १८ करोड

धनगढी, १० असार । कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८(७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहीवारबाट शुरु भएको नगरसभामा उपप्रमुख रत्ना कडायतले निती कार्यक्रम र बजेट सार्बजनिक गरेकी हुन् ।

नगरसभामा उनले १ अर्ब १८ करोड ७१ लाख ५७ हजारको अनुमानित बजेट प्रस्तुत गरेकी हुन । यो चालु आर्थिक बर्ष २०७७(७८ को भन्दा झन्डै १० करोडले बढि छ । कुल बिनियोजित बजेट मध्य चालु तर्फ ६६ करोड २२ लाख ९७ हजार अर्थात ५५ दशमलब ७९ प्रतिशत प्रस्तुत गरिएको छ ।

त्यस्तै पुँजीगत तर्फ ५२ करोड ४८ लाख ६० हजार अर्थात ४४ दशमलब २१ प्रतिशत रहने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागी स्रोत पनि बजेटमा निर्धारण गरेको छ । जसमा संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदानबाट २० करोड ३५ लाख ,शसर्त अनुदानबाट ३८ करोड ५ लाख खर्च ब्यहोर्ने अनुमान गरेको छ । त्यस्तै राजस्व बांडफांडबाट १४ करोड ३३ लाख ८१ हजार र बिषेस अनुदानबाट १ करोड को स्रोत आउने नगरपालिकाले अनुमान गरेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानीकरण अनुदानबाट प्राप्त हुने १ करोड ५१ लाख ३५ हजार ,प्रदेशबाट बांडफांड हुने राजस्वबाट ५ करोड १० लाख ९९ हजार र आन्तरिक आयबाट ११ करोड ८५ लाख ४२ हजार ५ सय खर्च को स्रोत हुने बजेटमा उल्लेख गरेको छ । यस्तै नगरपालिकाले संचित कोषको मौज्दातबाट २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने बजेटमा समाबेश गरिएको छ ।