मर्सिकोरद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हसुलिया, ७ असार । मर्सिकोर नेपालले कैलालीको कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै मर्सिकोरले स्वास्थ्य सामग्री सहयोग गरेको हो । आज सो संस्थाका प्रतिनिधि भरत साउँदले गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेललाई ती सामग्री हस्तान्तरण गरे ।

मर्सिकोरले तीन हजार थान सर्जिकल मास्क, पाँच सय थान पञ्जा, तीन सय थान सेनिटाइजर, २५ थान व्यक्तिगत सुरक्षा पोशाक (पीपीई), १५ वटा झुल र १०० थान गावन सहयोग गरेको गाउँपालिकामा कार्यरत रविन्द्र चौधरीले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीको पनि उपस्थिति रहेको थियो ।