दलित महिला अधिकार मंचद्धारा गौरीगंगामा कोभिड सहायता कक्ष स्थापना
कैलाली, ४ असार । गौरीगंगा नगरपालिकाको कार्यालय र ड्यान चर्च एडसंगको सहकार्यमा दलित महिला अधिकार मंच नेपालले गौरीगंगा नगरपालिकामा कोभिड- १९ हेल्पडेस्क ९सहायता कक्ष को स्थापना गरेको छ ।
ड्यान चर्च एडको सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत उक्त कोभिड १९ हेल्पडेस्क सहायता कक्ष स्थापना गरिएको हो ।
कोभिड १९ हेल्पडेस्क ९सहायता कक्षको एक कार्यक्रमका विच गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउबाले उद्धघाटन गरे ।
हेल्पडेस्क मार्फत पालिका स्तरमा कोभिड १९ को रोकथाम नियन्त्रण एंव सचेतना अभिवृद्धि गर्ने,कोभिड संक्रमितहरुको तथ्यांक संकलन,कोभिड प्रभावित व्यक्ति र तिनका परिवारलाई फोन मार्फत परामर्श तथा फ्लोअप गर्ने,कोरोना नियन्त्रणका लागि स्थानिय सरकार,नागरिक समाज,स्थानिय संघसंस्था,स्वास्थ्य संस्था,सुरक्षाकर्र्मी,मिडियाहरुसंग साझेदारी तथा सहकार्य गर्ने, कोभिडको समयमा हुने गरेका घरेलु हिँसाका घटना न्युनिकरणका लागि सामाजिक संजाल, स्थानिय रेडियो , युवा स्वयं सेवक महिला स्वयं सेवीका र स्थानिय समुह तथा संजाल परिचालन गरी सचेतना जगाउने बताईएको छ ।
कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख अन्चला चौधरी लगायतको सहभागीता रहेको थियो ।













