मर्सिकोरद्वारा कैलारीलाई आइसोलेसन किट सहयोग
हसुलिया, ४ असार । मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई ७९ प्याकेट आइसोलेसन किट सहयोग गरेको छ ।
सो सामग्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई हस्तान्तरण गरिएको छ । मर्सिकोर नेपालका सरोजकुमार ठाकुरले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
आइसोलेसन किटमा डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर एक÷एक थान, सर्जिकल मास्क ५० थान, सेनिटाइजर, पञ्जा, टिस्यु पेपर, बच्चाको लागि चाहिने सर्जिकल मास्क, सेनेटरी प्याड, साबुन लगायतका सामग्री रहेको गाउँपालिकामा कार्यरत रविन्द्र चौधरीले जानकारी दिए ।













