पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली, १ असार । लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा भन्दा अगाडी पहिरो आउँदा ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ। पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधन बीच बाटोमै रोकिएको स्थानीयले बताएका छन् ।

उक्त राजमार्गले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पहाडी सात जिल्ला जोड्ने गरेको छ ।