बालविबाह विरुद्ध कानून कार्यान्वयनको अवस्थाबारे भर्चुअल गोष्ठी

कैलाली, ३ जेठ । बालविबाह विरुद्ध कानुन कार्यान्वयनको अवस्था, चुनौती र स्थानिय सरकारको आगामी रणनैतिक योजनाबारे दलित महिला अधिकार मञ्च नेपालले ३ भुर्चअल गोष्ठी सम्पन्न गरेको छ ।

जी एफ.एफ. को सहयोगमा किशोरी सशक्तिकरण परियोजना अन्तर्गत आयोजित गोष्ठीमा बाल विवाह विरुद्धको नीति, कानून तथा कार्यक्रम निर्माणमा स्थानीय सरकारलाई रणनैतिक योजना विश्लेषण गरि कार्यान्वयनमा सहजता पुगोस भनेर यस्तो कार्यक्रम गरेको मञ्चका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिए ।

उनले बाल अधिकार, बाल विवाह विरुद्धको कानून कार्यान्वयनको अवस्था र बालअधिकार सुनिश्चितता सम्वन्धि सरकारको रणनैतिक योजना तयार गर्न विभिन्न टुल्सहरुबारे जानकारी गराइएको बताइएन् । कार्यक्रममा अधिवक्ता शिवलाल पाण्डेयले सहजीकरण गरेका थिए ।

बाल विबाहको अन्त्य सामाजिक सचेतना महत्वपूर्ण भएकाले स्थानीय सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न सहभागीहरुको माग थियो ।

गोष्ठीमा लम्की चुहा नगरपालिकाका उपप्रमुख टिका थापा, बर्दगोरीया गाउँपालिकाका उपाध्यक्ष भगवती डगौँरा थारु, वडा सदस्य कोकिला खत्री, जानकी गाउँपालिका वडा नं ६ का सदस्य दिपक देवी न्यौपाने अधिवक्ता बालाराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।