चौधरी फाउन्डेसनद्वारा सुदूपश्चिममा अक्सिजन कन्सन्ट्रेटर वितरण

कैलाली, ३१ जेठ । सिजी ग्रुपले धनगढीमा प्रादेशिक कार्यालय उद्घाटन गरेको छ । धनगढी उपमहानगरपालिका वडा ५ मा  कार्यालय उदघाटन गरेको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेश हेर्ने गरि प्रादेशिक कार्यालय स्थापना गरेको सीजी ग्रुपको प्रदेश प्रसाशक प्रोभिन्स एडमिसट्रेटर स्माइल चौधरीले जानकारी दिए ।

प्रादेशिक कार्यालयको उदघाटन तथा चौधरी फाउण्डेसनले कोभिड १९ महामारीको विमारीलाई उपचारीको लागि धनगढी उपमहानगरपालिकाको नगर प्रमुख नृप बहादुर वड लाई अक्सिजन कन्सन्ट्रेटर समेत वितरण गरिएको हो ।

दुई प्रदेशमा सीजी ग्रुपले सबै गतिविधि सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट हेर्ने जनाएको छ । चौधरी ग्रुपले सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरि सहयोग गर्दै आएको चौधरीले बताए ।

उनले अक्सिजन प्लान्ट निर्माण प्रक्रिया अगाडी बढि सकेको जानकारी दिदै असारको पहिलो सातादेखि अक्सिजन ग्याँस उत्पादन हसने जानकारी दिए ।

त्यसै गरि सुदूरपश्चिम प्रदेशको छ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो । प्रति अक्सिजन कन्सन्ट्रेटरलाइ २ लाख रुपैयाँ पर्ने गरेको उनले बताए ।

अक्सिजन कन्सन्ट्रेटर गोदावरी नगरपालिकाको मालाखेती अस्पतालमा दूई वटा, बेलौरी नगरपालिकाको बेलौरी अस्पतालमा दूई वटा र बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा दुई वटा गरि ६ सेट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।