कैलालीमा अवैध काठ र ट्याक्टरसहित हरिलाल चौधरी पक्राउ
धनगढी, २४ जेठ । जोशिपुर गाउँपालिका वडा नम्बर ३ बडहरियाका हरिलाल चौधरी अवैध काठ र ट्याक्टरसहित पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ।
चौधरीको घरमा से १ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको ७ फिट लम्बाई भएको गोलिया १ थान र ४ फिट लम्बाई भएको गोलिया १ थान (१८.३४ क्युफिट) सालको काठ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ।
बरामद गरिएको काठ र चौधरीलाई आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय भजनी राखिएको जनाएको छ।













