(बान) का अध्यक्ष न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना
काठमाडौं, २३ जेठ । ब्रोड कास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरिने भएको भएको छ ।
आइतबार बसेको बानको भर्चुअल बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको महासचिव दुर्गा अधिकारीले बताए।
पुरस्कार स्थापनाका लगि अक्षयकोष स्थापना गर्र्ने तयारी भएका उनले बताए ।

कम्तीमा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर त्यसको व्याजबाट हरेक बर्ष बानको स्थापनाका दिन रेडियोका सञ्चालकलाई पुरस्कार दिइने उनले बताए ।
चन्द्र न्यौपाने सप्तकोशी एफएमका स्टेशन म्यानेजर थिए। कोरोनाका कारण उनको १० दिनअघि उपचारका क्रममा निधन भएको थियो।













