लागु औषधसहित धनगढीका दुई युवक पक्राउ
धनगढी, २१ जेठ । धनगढीका दुई युवक लागु औषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका -७ स्थित कालो पुलबाट धनगढीका दुई जना युवक पक्राउ परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार से४प ८७०७ नम्बरको मोटरसाइकलमा सवार धनगढी उप महानगरपालिका -८ बुद्धचोकका २७ वर्षीय अम्लेश कुमार शाह र २६ वर्षीय खडक राज अवस्थीलाई ०.७५० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिथप अनुसन्धान भइरहेको छ।













