लक्ष्मी भन्छिन् : जिउँदै जलाउने श्रीमानलाई पहिलै चिन्नु पर्ने थियो, गल्ती गरे !

डोटी, २० जेठ । डोटीको आदर्श गाउँपलिका वडा नम्बर ४ रोडिङ्गेमा बस्ने सन्तोष भाट सँग आठ बर्ष अगाढी २० बर्षकै उमेरमा लक्ष्मी भाटको विबाह भएको थियो ।

हिन्दु परम्परामा अनुसार लक्ष्मीका आमा बुवाले मागि बिवाह गरिदिएका हुन् ।

उनी घरको माईली छोरी थिईन् । सानै उमेरमा विवाह भएको कारण गाउँकै स्कुलका कक्षा सातसम्म मात्रै पढ्न पाईन् । बाल्यकालमा उनी आमा सँगै घाँस दाउरा गर्नुपर्ने बाध्यताले पनि पढाई छोड्नु परेको सुनाउछिन् ।

बिवाह पछि श्रीमानसँगै जिउने मर्ने बाचासहित आफ्ना दिनचर्या विताईरहेको लक्ष्मीको भनाई थियो । शुरुमा श्रीमान एकदमै ख्याल् गर्ने भएकोले आफुलाई भाग्यमानी ठान्थिईन् उनी ।

उनी घर कान्छि बुहारी हुन् । बिबाह भएको बर्ष दिनमै छोरी जन्माएका लक्ष्मीको खुशी दिनप्रतिदिन थपिदै थियो । उनी मेलापात, घरपरिवारको रेखदेखमै सिमित थिईन् । श्रीमान भने गाडी चलाउछन् ।

उनको प्रेमिल सम्बन्ध एकदमै राम्रो थियो । ३ बर्षपछि लक्ष्मीले अर्को छोरी जन्मिाईन् । घरमा देस्रो सन्तान जन्मेसंगै लक्ष्मीको जीवनमा एकाएक दरार पर्न थाल्यो ।

उनको श्रीमान गाउँ नजिकैको केटिसँग दोस्रो बिवाह गरे । लक्ष्मी श्रीमान विरुद्ध बहुबिवाहको मुद्धा हाल्ने सम्म पुगेकी थिईन् तर अन्तत उनी कानूनी प्रक्रियालाई अगाडी नबढाई पीडा सहेरै घरमा बस्न बाध्य भईन् । तर निकै सहासका साथ आफ्ना छोरीलाई लिएर एक्लै बस्ने निर्णय गरिन् । उनको सानो खुद्रा किराना पसल थियो । श्रीमान कहिलेकाहीँ पसलमा आवत जावत गर्थे । यहिँ बिचमा लक्ष्मीले फेरी तेस्रो छोरि जन्माईन् ।

दोस्रो बिवाह पछि पनि लक्ष्मी र उनको श्रीमान विचको प्रेममा दरार त थियो तर पनि गत माघसम्म पनि श्रीमान आउने जाने क्रम भने जारी नै थियो । त्यहिँ बिचमा लक्ष्मी पुन गर्भवती भइन् ।

उनी भन्छिन् श्रीमान म प्रति शंका गर्न थाल्यो । पेटमा भएको बच्चा मेरो होईन भन्दै मानसिक याताना दिन्थ्यो । यहीँ बिषयमा दुईजना विच मनमुताव हुने गरेको लक्ष्मीले बताईन् ।

उनले जेठ १२ गते राति १२ः३० बजेतिर आफू पसलमा सुुतिरहेकै अवस्थामा अज्ञात समुहले जिउदैँ आगो लगाएर मार्ने प्रयास गर्यो ।

उनी ज्यान जोगाउन निकै कोसिस गरिन् । कोठा बाहिरबाट पनि ढोका लगाएको थियो । जोरजोरले चिच्यापछि छिमेकिले सहयोगको सुनाईन् ।

अधेरो भएकाले उनलाई मान्छे चिन्न गाह्रो भयो । आगोलेको जलन सँगै डरले थरथरी कामीरहेकी लक्ष्मी छिमेकिको सहारामा सदरमुकामबाट ३४ किलोमिटर टाढा अस्पताल पुगिन् ।

छोरिको अवस्था सामान्य भएयता पनि लक्ष्मीको शरिर भने ५४ प्रतिशत भन्दा बढी जलिसकेकोले उपचारकोकाठमडौं लगियो । अहिले लक्ष्मीको उपचार सँगै स्वास्थ्यमा पनि सुधार आइरहेको बताइएको छ ।

अहिले उनी आफ्नै श्रीमानलाई देखेर त्रसित हुनुपरेको बताउँछिन् । उनी आफूलाई जिउदै जलाउने अरु कोही नभई श्रीमान प्रति नै शंका गरिरहेको बताउछिन् ।